News Portal

  • अनेम संघ क्रान्तिकारीको तिज विशेष अन्तरक्रिया सम्पन्न

    जनगर्जन संवाददाता
    २४१ पटक

    काठमाडौं भाद्र ९ । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको आयोजनामा भ्याली स्तरीय तिज विशेष अन्तरक्रिया सम्पन्न भएको छ ।

    उपत्यका भित्र कार्यक्षेत्र रहनु भएका दुईसय भन्दा बदी महिलाहरुको उपस्थितिमा भब्य रुपमा सप्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता , बेपत्ता योद्धाका बुवा तथा पुर्व संविधान सभा सदस्य एक राज भण्डारीको प्रमुख आतिथ्य तथा ने क पा का केन्द्रिय सदस्य तथा काठमाडौं इन्चार्ज क माइला लामा , पार्टी केन्द्रिय सदस्य तथा भक्तपुर इन्चार्ज क आस्था , केन्द्रिय सदस्य क खुमा सुवेदी, केन्द्रिय सदस्य क आधार , केन्द्रिय सदस्य क आजाद , महान सहिद परिवारहरु, जनक्रान्तीका घाइते योद्धाहरु, जबस , मोर्चाका प्रतिनिधि तथा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

    अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ क्रान्तिकारी कि केन्द्रिय महासचिव क. राज कुमारी शाहीले गर्नु भएको थियो भने सञ्चालन ,केन्द्रिय कार्यलय सदस्य ज्ञानु तामाङ स्वागत मन्तब्य केन्द्रिय सदस्य पबित्रा बि क ले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एक राज भण्डारी , केन्द्रिय सदस्य द्वय क. माइला लामा क. आस्थाले तिज प्रर्वको बारेमा सारगर्भित मनतब्य राख्नुभएको थियो। बक्ताहरले तिजको चर्चा गर्दै महिलाहरु माथि हुनेगरेका सामाजिक ,आर्थिक ,धार्मिक, सांस्कृतिक , तथा राजनीतिक समस्या को मुख्य कारण दलाल संसदीय ब्यबस्था भएको कारण बैज्ञानिक समाजबादी ब्यबस्थाको लागि एकीकृत जनक्रान्तिमा लाग्नु पर्ने भनाइ राखेका थिए।

    कार्यक्रममा सामना परिवारका कलाकारको प्रस्तुति संगै उपस्थित महिला कमरेडहरुले तिजको गितमा सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए । अन्तमा कार्यक्रमकि अध्यक्ष क. राज कुमारी शाहीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरु , कलाकार , पत्रकार लगाएत सम्पूर्ण महिला दिदीबहिनीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस्