News Portal

  • राजनीतिमा महिला सहभागिता

    जनगर्जन संवाददातारामकुमारी झाक्री
    ३९ पटक
    रामकुमारी झाक्री

     

    राजनीतिमा महिला सहभागिताको विषय चार दशक अगाडी सम्म प्रतिनिधित्वको विषय मात्र थियो। मेरो/हाम्रो पुस्ता राजनीतिमा यसरी नै आएको हो। बन्द समाजमा खुला राजनितीक सहभागिता सजिलो विषय थिएन। त्यसैले हामी राजनितीमा महिलाको सहभागीतालाई अधिकारको रूपमा कुरा गर्न थाल्यौ। पहिलो खुट्किलोः राजनितीमा महिला सहभागिताले नै नेतृत्व विकास गर्न अबसर दिन्छ ।दोश्रो खुट्किलोः वैचारिक राजनिती, संगठन र संघर्षको माध्यमबाट नेतृत्व विकास हुन्छ। त्यसैले हामीले नेतृत्व विकास र प्रतिस्पर्धाको कुरा पनि संगै गर्यौ।

    त्यसपछि महिला सहभागिताको कानूनी अधिकारको कुरा गर्न थालेको दुई दशक हुन थालेकोछ ।राज्यको हरेक तहमा, खास गरी नीति निर्माणको तहमा न्यूनतम एकतिहाई महिला सहभागिताको संबैधानिक ब्यवस्था गर्यौ । स्थानीय तहमा न्यूनतम चालिस प्रतिसत महिलाको सहभागी अनिवार्य गर्यौ। राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला अनिर्वाय, संसदको दुबै सदन राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक महिला, प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक महिला हुने, संबैधानिक ब्यवस्थाको साथै संबैधानिक परिषदमा समेत एक जना महिला अनिवार्य हुने संबैधानिक ब्यवस्था गर्यौ। त्यसै गरी प्रदेश सभाको सभामुख र उपसभामुखमा एक महिला हुने, स्थानीय पालिकामा प्रमुख उपप्रमुख मध्ये एक महिला हुने कानुनी ब्यवस्था गर्यौ। पछिल्लो समय हामीले यसरी अभ्यास गर्दै आएका छौं। यो त भयो लैंगिक समावेशीकरणको कुरा।

    अब हामीले महिला र शुशाशन, महिला र लोकतन्त्र, महिला र जवाफदेहिता, महिला र मानव अघिकारको कुरा गर्नुपर्छ। साथै महिला र विकास, महिला र शिक्षा, महिला र स्वास्थ्य, महिला र श्रमको कुरा गर्नुपर्छ।महिलाहरू यि विषयमा अरू भन्दा गम्भिर छन, ब्यवस्थापकिय क्षमाता राख्छन, महिलाहरूले परिवार चलाए जस्तैः किफ़ायती ब्यवस्थापन गर्दछन भन्ने मानक बनाउनु पर्ने छ। सिमित साधन श्रोतको यथोचित प्रयोग गर्दछन। सिमित साधन श्रोतबाट असिमित चाहाना र आवश्यकता पुरा गर्न महिला कुशल ब्यवस्थापक पनि हुन, फजुल खर्च गर्दैनन, समग्रमा महिलाले नै शुशाशन दिन्छन यो विश्वास आज हामीले दिनुपर्नेछ।
    चाहे लैंगिक रूपमा होस वा पुस्ताको रूपमा हामी यो परिक्षामा खरो उत्रनु पर्नेछ।

    सायद राजनितीमा सहभागी र एक स्तरको नेतृत्व लिन सक्ने हाम्रो पुस्ता,अघिकार र कर्तब्यलाई एक सिक्काको दुई पाटोको रूपमा बुझ्नेछ र ब्यवहारमा लागु गर्ने छ। कुनै पनि निती वा निर्णय लिदा होस वा कानुन बनाउँदा होस त्यसको अर्थराजनितीक पक्षलाई बुझेर नै निर्णय लिने छ। समानता र न्याय स्थापित गर्ने काम महिलाले नै सक्छन भन्ने विश्वासको परिक्षामा हामी छौं, पुस्ता र लैंगिकताको हिसावले। म यहि पुस्ताको महिला र युवा प्रतिनिधिको रूपमा पनि तपाईहरूको विचमा छु। सामाजिक न्यायका मुद्धा मेरा आफ्ना मुद्धा हुनेछन।लैंगिक समानता आधारित समाज निर्माण गर्नु मेरो कर्तब्य हो। बाल्यकालमा जुन असमानता समाजको पिधमा मैले देखें, मैले भोगें। समाजको एउटा सानो ईकाई परिवारबाट राज्यको माथिल्लो इकाईसम्म लैंगिक संवेदनशील संरचना बनाउनु मेरो/ हाम्रो कर्तब्य हुनेछ।

    प्रतिकृया दिनुहोस्