News Portal

  • ओलीले चुनावको घोषणा गरेर बिषको भाँडोमा अमृत हालेको डा. बाबुराम भट्टराईको आरोप

    जनगर्जन संवाददाता
    ४८६ पटक

    पुष १२ काठमाडौं । संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।प्रदर्शनलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संवैधानिक व्यवस्थामाथि खड्ग प्रहार गरेको टिप्पणी गरेका छन् ।राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले सम्झना गराए ।

    बयलगाडा चढेर अमेरीका पुगिदैन भन्ने ओलीले चुनावको घोषणा गरेर बिषको भाँडोमा अमृत हालेको पनि भट्टराईको तर्क छ ।
    काँग्रेसले ढुलमुले चरित्र देखाएको प्रति टिप्प्णी गर्दै उनले ओलीले चुनाव नगर्ने दाबी गर्दै चुनाव होला र ठूलो पार्टी बनौला भनेर आश नगर्न काँग्रेसलाई चेतावनी दिएका छन

    शान्तिबाटिकाबाट सुरू भएको र्‍याली बागबजार, पुतलीसडक, भद्रकाली परिक्रमा गरी शान्तिबाटिकामा पुगेर समापन समापन भयको थियो ।

    र्‍यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव,अशोक राई राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायत नेता कार्यकर्ता सहभागी थीए

    प्रतिकृया दिनुहोस्