
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी संग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगाएत चार कम्युनिस्ट पार्टीहरुले पुर्बको बिराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम मोरङ्गको हनुमान मन्दिरबाट विभिन्न नाराहरु लगाउदै एमसीसी र एसपीपी, नागरिकता विधेयक खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर ,पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता गर ,विप्लव लगाएत नेतालाई जारि गरेको पक्राउ पुर्जि फिर्ता गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि ट्राफिक चोकमा गएर कोण सभामा परिणत भएको थियो ।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका मोरङ्ग जिल्ला सेक्रेटरी देब गुरुङ्गले नेताहरुले राष्ट्रघाती एमसिसी र एसपीपी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्त्याउने काम गरेको बताएका थिए।
बिदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाइ कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाइ स्विकार्य नहुने बताए। उनले भने, “जस्तो सुकै चुनौती आए पनि आफुहरु पछि नहट्ने र एमसिसि, एसपीपी सम्झौता कुनै हालतमा कार्यन्वाय गर्न दिदैनौ।” तीन बुदे सम्झौता विपरीत जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारि गरेको कुरालाई आपति जनाउदै उनले नेपाल सरकारलाई तिन बुदे सम्झौतालाई कार्यान्वयन गरि नेताको नाममा जारि गरिएको पक्राउ पुर्जि फिर्ता गर्न आग्रह गर्दै यदि राज्यले हाम्रो कुरालाई बेवास्ता गर्छ भनि आफुहरु जस्तोसुकै चुनौती आए पनि पछि नहट्ने र राज्यलाई ईटको जवाफ पथरले दिने चेतावनी समेत दिएको थिए।
कार्यक्रममा बैज्ञानिक समाजबादि पार्टीका लक्ष्मण न्यौपानेले बोल्दै सरकार जनता प्रति उत्तरदायि नबनेको कारण आज देशमा महङ्गी ,कालो बजारि ,भ्रष्टाचार बढ्दै गएको कुरा बताएका थिए । कार्यक्रमको संचालन मोरङ्ग जिल्ला कमिटी सदस्य कुमार खतिवडाले गरेका थिए।