जनगर्जन संवाददाता



११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’ ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।,प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
बृहत नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने नागरिक आन्दोलनले बताएको छ ।
