News Portal

  • मकै बेच्ने दम्पतीमाथि थप कारबाही गर्छौं: नगर प्रहरी प्रमुख सापकोटा

    जनगर्जन संवाददातामिति : १९ असार, २०७९
    २१८ पटक
    मिति : १९ असार, २०७९

    काठमाडौं । बालुवाटारको सडकमा मकै पोलेर बेच्ने आचार्य दम्पतीलाई थप कारबाही हुने भएको छ । काठमाडौं महानगरको नगर प्रहरीको लछारपछारमा परेका दम्पतीमाथि थप कारबाही गरिने काठमाडौंका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।

    मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यले  प्रहरीलाई अगुल्टो र तातो चिम्टाले हानेको सापकोटाले बताए। उनले भने, ‘उहाँहरूले प्रहरीमाथि अगुल्टोले हान्नुभएको छ, ‘तातो चिम्टाले पनि घोचेका छन्। प्रहरीको लुगा पनि पोलिएको छ।’

    नियमविपरीत काम गरेका उनीहरूलाई हटाउन खोज्दा प्रहरीलाई दुर्व्यवहार गरिएको सापकोटाले दाबी गरे। नेपाल प्रहरीको सहयोगमा उनीहरूमाथि कारबाहीको प्रक्रियामा अघि बढाइने उनले बताए।

    प्रतिकृया दिनुहोस्