News Portal

  • पार्टी घोषणा गरेको एक हप्ता नबित्दै संयोजक वामदेव गौतमलाई गर्यो निष्कासन

    जनगर्जन संवाददाता
    ३५६ पटक

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् ।

    शनिबार काठमाडौंको सतुंगलमा उक्त पार्टीमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले संयोजक गौतमलाई निष्कासन गरेको हो । बैठकले गौतमलाई बहुमतबाट निष्कासन गर्दै उक्त अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

    शीर्ष नेताको बैठकले गौतममाथि ५ बुँदे आरोप लगाएको छ । गौतम नेतृत्वको अभियानले असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । सो भेलाले नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गर्दै असार १४ गते पत्रकार सम्मेलनको आयोजना गरि नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्