News Portal

  • सडक ब्यापारी माथी महानगर पालिकाको ज्यादती (तस्वीर सहित)

    जनगर्जन संवाददातामिति : १७ असार, २०७९
    २३३ पटक
    मिति : १७ असार, २०७९

    काठमाडौं । काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ।

    शुक्रबार बिहान बालुवाटारको सडकमा नगर प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

    यतिबेला चरम मुल्यवृद्धिको चपेटामा परेका दैनिक ज्यालादारी र थोरै लगानी गरेर सडकमा ब्यापार व्यवसाय गरेर जीविकोपार्जन गरि दैनिकी चलाउने वर्गको दैनिकी कष्टकर बन्दै गएको छ । थोरै लगानी गरेर गुजारा चलाउने गरीब निमुखामाथी महानगर पालिकाले माथी अमानवीय बर्बरतापुर्ण अन्याय गरेको भन्दै सामाजिक सञ्जालमा काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहको चर्को विरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्