News Portal

  • वामदेव गौतमले श्रीमती र छोरालाई बनाएर केन्द्रीय सदस्य

    जनगर्जन संवाददाता
    ३५२ पटक

    काठमाण्डौं । नेकपा (एमाले) का पुर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् ।

    एमाले र माओवादी मिलेर बनेको नेकपा एकताको पक्षमा अभियान चलाउदै आएका गौतमले आज दिउँसो रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ पार्टी घोषणा गरेका हुन् ।

    नवगठित पार्टीको संयोजकमा वामदेव छन्। सचिवमा डिबी कार्की छन्। सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल छन्। गौतमको नवगठित पार्टीमा ७५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ।

    पार्टीको दोस्रो नम्बरमा गौतम पत्नी तुलसी थापा रहेकी छन् । यसै गरी गौतमले छोरा हरिसदेव गौतमलाई पाँचौ नम्बरको केन्द्रीय सदस्य बनाएका छन् ।

     

    प्रतिकृया दिनुहोस्