News Portal

  • बाबुराम भट्टराईलाई कारबाही गर्ने उपेन्द्र पक्षको निर्णय

    जनगर्जन संवाददाता
    ३१८ पटक

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने भएको छ ।

    सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादव माथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए । जसपामा यादव र भट्टराई पक्षीबीच लामो समयदेखि विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

    भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबी गर्दै भट्टराई माथि कारबाही गर्ने निर्णय लिएको हो ।

     

    प्रतिकृया दिनुहोस्