News Portal

  • यस्तो अबस्थामा भेटियो हिजोबाट सम्पर्कविहिन तारा एयरको विमान

    जनगर्जन संवाददाता
    ६३२ पटक

    १६ जेष्ठ, काठमाडौं  आईतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ ।

    पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवाले जानकारी दिनु भयअनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । स्थानीयहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको सिलवालले बताए ।

    नेपाली सेनाको टोली दुर्घटनास्थलतिर गइरहेको छ । प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको सेनाले बताएको छ । लेकमा यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज फेला पारेको बताइएको छ ।

    जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्