News Portal

  • सुनपा छ वडाका अध्यक्ष उम्मेदवार खड्काको घरदैलो अभियानमा जनसमर्थन बढ्दै

    जनगर्जन संवाददाता
    ४८४ पटक

    २६ बैशाख, काडमाण्डौं    सुर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रत्यासी ईश्वर खड्काले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको छ। मतदाता र वडाबासी माझ मिलनसार तथा लोकप्रिय छवि बनाएका खड्का नेपाली काङ्ग्रेसका इमान्दार ,जुझारु नेताका रुपमा परिचित छ्न्।

    वडावासीको सद्भाव र सहभागीताले थप उर्जा मिलेको खड्काले जानकारी दिएका छन् सुर्यविनायक ६ वडाको शैक्षिक , स्वास्थ्य , रोजगारीका क्षेत्र तथा विकासका विभिन्न कार्यक्रमलाई अगाडि बढाउदै वडाको मुहार फेर्ने प्रतिवद्धता खड्काले गरेका छन् ।

    वडाका प्राकृतिक ,साँस्कृतिक तथा पुरातात्त्विक धार्मिक क्षेत्रहरुको प्रवद्र्धनका लागि आफ्नो जोड् रहने खड्काको दाबि रहेको छ जनताको जनजिविका मुद्दा आफ्नो पहिलो प्राथमिकता रहेको जानकारी पनि दिएका छन् ।

    प्रतिकृया दिनुहोस्