


नेकपाका नेता महेश बस्नेतले राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै केपी शर्मा ओलीले गरेको योगदान प्रचण्डले बिर्सेको आरोप लगाएका छन् ।
तहसनहस भइसकेको मृत्युतुल्य भइसकेको तत्कालिन माओवादीलाई ओलीले उद्धार गरेको उनले जिकिर गरे । उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर, अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’
राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै बचाऊ गरे ।
कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गएपनि ठग्ने काम मात्रै गरेका छन्’ पौडेलले भने ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’
