News Portal

  • असल जनप्रतिनिधि रोजौ

    जनगर्जन संवाददाता
    २३९ पटक

    २१ बैशाख,   स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भई यति बेला देश नै निर्वाचनमा होमिएको छ । जिल्लामा क्रियाशिल, नेकपा एमाले, नेपाली कांग्रेस, एमाओबादी केन्द्र, नेकपा एकीकृत ( समाजवादी ) नेमकिपा, राप्रपा, समाजबादी लगायतका दलहरुले मनोनयन दर्ता गराएका छन् ।

    पार्टी संगठन बिस्तारमा लामो समयदेखि योगदान गरिरहेका, पार्टीमै जीवन सर्मपण गरेका ब्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुनु परेको छ । १२ स्थानीय तह रहेको तीन नगरपालिका, नौ गाउँपालिकाका १०३ वटै वडामा दलहरुले मेयरदेखि वडा सदस्य सम्मका पदमा उम्मेदवारी दिएका छन् ।

    सबै दलमा ब्यापारिक क्षेत्रका विभिन्न ब्यक्तिहरु लगाएत ठेकेदार, धनाढ्य, नाताबाद जस्ता नेताका पहुँचका आसेपासेले टिकट पाएका छन् । नेताका पहुँचमा रहेका तर अनुहार समेत नदेखिएका ब्यक्तिले भने टिकट पाएपछि जनता निराश भएका छन् । पार्टी र जनतामा पहुँच र असल छवि बनाएका ब्यक्ति टिकट पाउनबाट बञ्चित भएपछि जनताले कसलाई मतदान गर्ने भन्नेमा अलमल परेका छन् ।

    उम्मेदवारी दर्ता भएसंगै चुनाव हुने निश्चित भएको छ । यसपटक जनताले हाम्रा भन्दा पनि राम्रा ब्यक्तिलाई उम्मेदवार बनाउनेमा आशाबादी थिए । तर यतिबेला भने जनताको आशा निराशामा परिणत भएको देख्न सकिन्छ । दलका उम्मेदवारहरु प्रति खासै सोही पार्टीका कार्यकर्ता समेत खुशी छैनन् । जनताका समस्या पहिचान गर्न समेत नजान्ने ब्यक्तिलाई उम्मेदवार बनाउदाँ गाउँ, समाज र जनताको बिकास समाधान हुनेमा कसैलाई पनि पुर्णतय रुपमा भने बिश्वास भएको देखिएको छैन् ।

    गाउँ, समाजलाई सम्बृद्ध बनाउने र जनतालाई सुखी बनाउने उम्मेदवारलाई जनताले मत प्रदान गर्ने छन् । जनताका चाहना बिपरित दलले उम्मेदवार छनौट र मनोनयन दर्ता गरेपछि, अब जनताले पार्टी निकट नहेरी असल ब्यक्तिलाई आफ्ना प्रतिनिधिमा चुन्नेमा लाग्ने छन् । गाउँका समस्या पहिचान र समाधानमा मन, बचनले लाग्नेलाई जनप्रतिनिधि छान्ने छन् ।

    प्रतिकृया दिनुहोस्