जनगर्जन संवाददाता
![](https://janagarjan.com/wp-content/uploads/2022/05/election-nirwachan-aayog_cz4ykYmlBM-768x457-2.jpg)
२१ बैशाख, काठमाण्डौं निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूचीलाई सार्वजनिक गरेको हो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई रहेको छ । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाई भएको आयोगले जनाएको थियो ।