जनगर्जन संवाददाता



प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेको छ सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।
ओलीले एकपक्षीय रुपमा संसद विघटन गरेपछि असन्तुष्ट भनेको प्रचण्ड नेपाल समूहले केन्द्रीय समितिबाट ओलीलाई अध्यक्षबाट हटाएको हो । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।
