


काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ ।
आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले सो निर्णय गरेको जानकारी दिएका छन । यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण समेत गराइएको छ । निकट समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए।
घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन्। यस्तै केन्द्रीय समिति हाल थपेर १ हजार ३ जनाको भएपनि पछि ११९९ सदस्यीय बनाइने छ । यस्तै बैठकले विधान संशोधनको निर्णय पनि गरेको छ भने अर्को बैठक पुस ९ गतेका लागि डाकिएको छ । ओली निकट केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीलाई चयन गरेको थियो ।पार्टीको आधिकारिक धारणा र निर्णयहरु सार्वजनिक गर्न आफूलाई अध्यक्ष ओलीले प्रवक्ता चयन गरेको पनि ज्ञवालीले दावी गरे ।
