


सुर्यविनायक कटुञ्जे ५ नम्वर वडा निवासी जनसमुदाय !
हामी केटाकेटी हुंदादेखि नै समाजमा केही गरौँ भन्ने भावका साथ नयाँ नयाँ काम गर्न रुचिराख्ने र काम गर्दै आएका छौं । अहिले पनि हाम्रो भूमिका कम छैन । कटुञ्जेबासीको बसोबासमा महत्वपूर्ण योगदान गर्दैं आएको कुरा जग जाहेर नै छ । असम्भव ठानिएका बिकास निर्माणको कामहरुमा पनि मैले आफ्नो भूमिका शसक्तरुपमा गर्दै आईरहेको छु । काममा लागे पछि दृढता, प्रतिबद्धता कामयम गरि निरन्त रुपमा पुरा नहोउन्जेलसम्म लाग्ने मेरो आफ्नो बानी पनि रहेको कुरा यहाँहरु लाई जानकारी नै छ । मेरै नेतुत्वमा थुप्रै कामहरु गरेको मेरो क्षमता र कुशलता प्रस्टै यहाँहरुलाई अवगत नै छ । राजनितिक दृष्टिकोण प्रतिको अविचलता यहाँहरुले देखेकै कुराहरु हुन् । आज भर्खरै उमेरले ३३/३४ वर्षको युवा भएता पनि मैले राजनीतिलाई समाज रुपानतणको मेरुदण्ड मानेर यहाँ जोडिएका हौं । हाम्रो वडाबासी जनसमुदायहरुले मैले सानै उमेरमा खेलेको भूमिका नदरअन्दाज गर्न मिल्दैन ।
फेरि पनि हाम्रो समाजलाई सिद्धान्त प्रति निष्ठा र आदर्श कायम राख्नु पर्छ भन्ने मेरो प्रतिबद्धता अहिले पनि कायम छ । ६१ सालबाट विद्यार्थी राजनीति शुरु गरेको भएता पनि तरुण दल भक्तपुर जिल्लामारही नेतुत्व गर्दै यहाँ आईपुगेको हुँ ।जनता, समाज भन्दै यहाँसम्म निरन्तर आउनुको पछाडी मैले देश जनता र समाज प्रतिको मेरो केही गर्नु पर्छ भन्ने मेरो मार्गदर्शनको भूमिका छ । तपाईहरुलाई सामन्य लाग्न सक्छ तर देश, जनता र समाज प्रतिको निस्ठाको प्रभाव विद्यार्थीकाल देखि नै समाजसेवामा सामाजिक जिम्मेवारी बहन सफलतापूर्वक हाम्रो समाजमा गतिविधि गर्दै आएको छु । लोकतन्त्र प्रजातन्त्रिक योद्धा भएको नाताले फराकिलो छाती भएको, सबैको दु:खमा साथ हुने, इतिहासप्रति सम्मान गर्ने, भविस्यप्रति चिन्तित ब्यक्तित्व मेरो भएकोले नै म फेरि हाम्रो वडाको विकास निर्माण शान्तिको लागि पनि मेरो उम्मेदवारी दियको छु । तपाईहरुले एक पटक साथ र सहयोग दिनु भयो भने यहि वडाको लागि केही गर्ने मेरो ईच्छा पूरा हुने र समाजको लागि राम्रो हुने थियो भन्ने रहेको छ ।
मैले विभिन्न क्षेत्रमा रहेर आफ्नो कुशल भूमिका निर्वाह गर्दै आएको ब्यक्ति भयकोले तपाहरुलाई थाहा नै छ । खाने पानी वडा नं.१ को अध्यक्ष,
secondstar internahonal award 2021 ( व्यवसाय र समाजसेवी विद्यामा ) समाज सेवा गरे मार्फत अवार्ड समेत पाएको हो । यदि मैले राम्रो काम नगरेको हुन्थे भन्ने मैले यो सवै अवसर पनि प्रप्त गर्ने थिएन । यस पटक सुर्यविनायक नगरपालिका वाडा नं. ५ को वडा अध्यक्ष जस्तो गरिमामय पदमा नेपाली काँग्रेस पार्टीको तर्फवाट उठेको छु । मैले हाम्रो समाजमा खेलेको भूमिका अतुलनिय छ । फेरि पनि हाम्रो वडामा म निर्वाचित भएर केही समाज सेवागर्ने सोच रहेकोले यहाँहरुको सहयोग को अपेक्षा गरेको छु । नागकरिकसंग अपिल गरेको छु मैले माथि पायका अवाडहरु विभिन्न सघं स्थामा बसेर खेलेको भूमिका यहाँहरुलाई अवगत नै रहेको र जानकारी पनि गराई सकेको छु । अब एक पटक हाम्रो वडावासीको सहयोग रहयो भने देशकै नमुना वडा बनाउने मेरो प्रतिबद्धता रहेकाले सहयोग गर्न अपिल गर्दछु।
