News Portal

  • सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने

    जनगर्जन संवाददाता
    ४३६ पटक

    १४ वैशाख, काठमाडौं । सरकारले जेठ १ गतेदेखि  लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

    हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९:३० साँझ ५:३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्