News Portal

  • सरकारले सातमा दुई दिन सार्वजनिक विदा दिने

    जनगर्जन संवाददाता
    २३० पटक

    १५ बैशाख २०७९, काठमाडौं  सरकारले जेठ १ गतेदेखि  लागू हुने गरी शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने भएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

    हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९:३० साँझ ५:३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आईतबार सातामा दुई दिन सार्वजनिक विदा दिने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।
    प्रतिकृया दिनुहोस्