News Portal

  • भक्तपुरमा प्रमुख उप–प्रमुख सहित एक हजार एक जनाको उम्मेदवारी दर्ता

    जनगर्जन संवाददाता
    ३११ पटक

    १४ वैशाख ०७९, भक्तपुर । भक्तपुरका चार वटै नगरपालिकामा प्रमुख ६५ र उपप्रमुख सहित ३५ जनाले उम्मेदारी दर्ता गराएका छन् ।

    निर्वाचन कार्यालय भक्तपुरले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार भक्तपुरको पालिकामध्ये सबभन्दा बढी उम्मेदवार चाँगुनारायण नगरपालिकामा परेको छ ।

    चाँगुनारायण नगरपालिकाको प्रमुखमा २२ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका भीम विसीले जानकारी दिएका छन् । यसै गरी भक्तपुर नगरपालिकामा १४, मध्यपुरथिमि नगरपालिकामा १४ र सूर्यविनायक नगरपालिकामा १५ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेको उनले जानकारी दिए ।

    जिल्लाका चार पालिकाको उप–प्रमुखमा ३५ ले उम्मेदवारी दिएका छन् । जसमध्ये चाँगुनारायण नगरपालिकामा १०, भक्तपुर नगरमा ९, मध्यपुर थिमिमा ९ र सूर्यविनायक नगरमा ७ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले भक्तपुरमा सबै पदमा गरी कूल एक हजार एकले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बिसीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्