News Portal

  • भक्तपुरका कुन नगरमा कसको उम्मेदवारी ?

    जनगर्जन संवाददाता
    ४०० पटक

     

    चाँगुनारायण नगरपालिका

    भक्तपुरमा सत्ता गठबन्धनका उमेदारहरु पनि केन्द्र प्रदेशको सहमति बेगर छुट्टाछुट्टै उम्मेदार दिएर मैदानमा आएका छन । चाँगुनारायण नगरपालिकामा वाहेक भक्तपुरको ३ नगरपालिकामा गठबन्धन बनाएको सत्तारुढ गठबन्धनका दलहरुले समेत ठिमी नगरपालिका वाहेक छुट्टा छुट्टै उम्मेद्वारी दिएपछि रोचक प्रतिस्पर्धा हुने संकेत देखापरेको छ ।

    त्यस्तै चाँगुनारायणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसका क्षेत्रीय सभापति जीवन खत्रीले मेयरमा उम्मेद्वारी दिएका छन् भने उपमेयरमा सुभद्रा काफ्लेले उम्मेद्वारी दिएकी छन् । अर्को घटक नेकपा ९माओवादी केन्द्र०का नगर अध्यक्ष नरेश खड्काले पनि मेयरमा उम्मेद्वारी दिएका छन् भने उनको दलबाट चण्डिका पाण्डे उपमेयरको उम्मेदवार बनेकी छन् । त्यसैगरी अर्को घटक नेकपा९एकीकृत समाजवादी०का नगर अध्यक्ष इश्वर खड्काको पनि मेयरमा उम्मेद्वारी परेको छ । उक्त पार्टीबाट उपमेयरमा दुर्गा खड्काले उम्मेद्वारी दिएकी छन् । यी ३ दलले प्रदेश स्तरीय निर्णय गरेर भक्तपुरका ३ नगरमा पदहरु बाडफाड गरेका थिए भने चाँगुनारायणमा भने सहमती गर्न सकेका थिएनन । जिल्ला र स्थानीय पार्टीले पनि सहमती गर्न नसकेपछि ३ दल छुट्टा छुट्टै चुनावी मैदानमा उत्रिएका हुन् ।

    राप्रपाका सहमहामन्त्री रहेका चाँगुनारायणका नेता रवीन्द्रप्रताप शाहको नेतृत्वमा राप्रपाले उम्मेद्वारी दर्ता गराएपछि गठबन्धन झन् पेचिलो बनेको छ । गठबन्धनका नेताहरुले भने अझै सहमती र सहकार्यको प्रयास जारी राखेका बुझिएको छ ।

    सूर्यविनायक, नगरपालिका

    भक्तपुरको सूर्यविनायक नगरपालिकामा निवर्तमान मेयर बासुदेव थापाले पुन उम्मेद्वारी दर्ता गराएका छन् । उनले नेकपा९एमाले०को तर्फ बाट उम्मेद्वारी दिएका हुन् ।

    नेपाली काँग्रेसका सूर्यविनायक नगर सभापति निशान ढुंगेलले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका सचिव नै रहिसकेका ढुंगेल मेयरको उम्मेवार सबैसंग घुलमिल हुनसक्ने हँसमुख स्वभावका कटुन्जे निवासी पुराना काँग्रेस नेता ढुंगेल माथि पहुँच र तल जनाधार भएका शक्तिशाली उम्मेदवार मानिन्छन् ।

    पाँच दलीय गठबन्धनको एक घटक नेकपा९माओवादी केन्द्रले छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । माओवादी केन्द्रबाट मेयरमा कल्पदीप राई उम्मेद्वारी दर्ता गराएका छन् । उनी माओवादीका जुझारु युवा नेता भित्र पर्छन । गठबन्धनको उपमेयरमा नेकपा (एकीकृत समाजवादी )का भक्तपुर अध्यक्ष नै रहेका युवा नेता श्यामसुन्दर बस्नेतको उम्मेद्वारी परेको छ । विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता बस्नेत गठबन्धनका तर्फबाट बलिया उपमेयरका दावेदार हुन्

    भक्तपुर, नगरपालिका

    नेपाल मजदुर किसान पार्टी९नेमकिपा०को किल्ला भनिएको भक्तपुर नगरपालिकामा निवर्तमान जनप्रतिनिधिहरुकै उम्मेद्वारी परेको छ । बैशाख ३० को लागि तय भएको निर्वाचनका लागि बहुसंख्यक पुरानै जनप्रतिनिधिहरुले उम्मेद्वारी दिएका छन् ।

    नेमकिपाले भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिकै नेतृत्वमा उम्मेद्वारी दिएको छ । भद्र र शालीन स्वभावका प्रजापति संविधान सभा सदस्य समेत हुन् । उपमेयरमा पनि पुरानै रजनी जोशीले उम्मेद्वारी दिएकी छन् ।

    थिमि नगरपालिका

    थिमि नगरपालिकाको मेयर पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले नगरपालिकामा बहुमतसहित जित्नका लागि उम्मेदवारी दिएको बताएका छन् । सोमबार मेयर पदमा उम्मेदवारी दिएका पूर्व मेयर श्रेष्ठले सो बताएका हुन् ।

    उनले आफू र आफ्नो पार्टीलाई जनताले विश्वास गर्ने उल्लेख गर्दै उनले मध्यपुर थिमिमा विगतमा सुरु भएका विकास निर्माणका कामलाई टुंगो लगाउने समेत बताए । उनले विगत पाँच वर्षको अवधिमा ८० प्रतिशतको काम भएको र २० प्रतिशत बाँकी भएको जनाउँदै त्यो विकास निर्माण सम्पन्न गर्नका लागि एक कार्यकाल नपुगेकाले आफूले दोहोर्याएको बताए ।

    प्रतिकृया दिनुहोस्