News Portal

  • डोल्पाको दुई गाउँपालिकामा समाजवादीका अध्यक्ष सहित ३३ जना निर्विरोध निर्वाचित

    जनगर्जन संवाददाता
    ५३८ पटक

    डोल्पा, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले डोल्पा जिल्लामा विजयको शुरुवात गरेको छ । जिल्लाका २ पालिका सहित ३३ जना एकीकृत समाजवादीबाट निर्विरोध निर्वाचित भएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका २ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ६ वडा अध्यक्ष गरी गरी २४ सदस्य सहित ३३ जना जन प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

    निर्विरोध निर्वाचिहुनेहरुमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहनु भएको छ ।यस्तै डोल्पो बुद्ध गाउँपालिकामा उपाध्यक्ष तथा विभिन्न ६ वटा वडामा  एकीकृत समाजवादीका उम्मेद्दवार निर्विरोध निर्वाचित भएका छन् ।

    डोल्पा बाट जितको खाता खोलेर एकीकृत समाजवादी पार्टी अगाडी बढी सकेकाले देशभर बाटै जितको शुभ संकेत देखिएको उपमहासचिव ज्वालाले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्