


भक्तपुर, ४ बैशाख । नयाँ वर्ष २०७९ को आगमनसँगै सुरु भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेला आज पुर्व प्रधानमन्त्रि तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष मा. माधब कुमार नेपाको विषेश उपस्थितिमा समापन हुँदै छ । ११ दिन सम्म चलेको उक्त मेलामा अहिलेसम्म करिब ३ लाख दर्शक तथा उपभोक्ताले सहभागीता जनाएका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको उक्त मेलामा हुने सांगीतिक कार्यक्रम हेर्न हजारौ दर्शकहरुको भिड् लाग्ने गरेको छ । मेलामा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति हुने गरेको मेला संयोजक दीपक थापाले बताए। मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू छन् । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइएको छ।
‘फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने । दसौ दिनसम्म व्यापार मेलामा करिब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थापाले बताए ।
औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाउदैं आएका छन् । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ, महतले भने । नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला वैशाख ४ गते आज सम्म हुनेछ । जसमा २ सयभन्दा बढी स्टल रहेका छन् । मेलाको अन्तिम दिन रचना रिमाल रमेशराज भट्टराई , राधिका हमलाको विशेष प्रस्तुती रहने भएको छ।
