News Portal

  • देशैभर गठबन्धन गर्न सकिँदैन : महामन्त्री शर्मा

    जनगर्जन संवाददाता
    ३४९ पटक

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवनको भरतपुर महानगरमा कांग्रेसबाट मेयर बन्नुपर्ने बताएका छन् ।

    आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले यसपटक भरतपुर महानगरको मेयर अरू पार्टीलाई छाड्न नहुने बताए ।

    ०७४ मा कांग्रेसले नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई समर्थन गरेको बताउदै महामन्त्री शर्माले अब वैशाख ३० मा हुने स्थानीय चुनावमा सत्तागठबन्धनले तालमेल गर्ने भने पनि छ वटा महानगरमा कहाँ कसको उम्मेदवार रहने टुंगो छैन।

    महामन्त्री शर्माले भरतपुरमा माओवादीले मेयर छाड्न नसक्ने हो भने मित्रवत प्रतिस्पर्धा गर्न सकिने बताउदै देशैभर गठबन्धन गर्न नसकिने पनि बताएका थिए।

    प्रतिकृया दिनुहोस्