News Portal

  • छैठौं भक्तपुर मेलामा आज शिव परियार, हरि कर्माचार्य, भोजराज काफ्ले लगायतको विशेष प्रस्तुति

    जनगर्जन संवाददाता
    ३२६ पटक

    ढकाठमाण्डौँ, चैत्र २९ 

    छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को चैत्र ३० गते बुधबार आज चर्चित गायकहरु शिब परियार, हरि कर्माचार्य(गुल्मी गाइज) भोजराज काफ्ले, महेश मुखिया, हास्य कलाकार सुजित थापा(डेविड), गायिका सरिता भारती, डान्सर रेवान सापकोटा र गायक सुमन कुमार श्रेष्ठका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ ।

    त्यस्तै हिजो २९ गते सोमबार चर्चित गायक रोज मोक्तान, गायक रवि रिमाल, गायिका एलिना चौहान , गायिका तथा कुशल उद्घोषिका राशी रिजाल, गायक सुमन कुमार श्रेष्ठ, र्‍यापर सरोज वाग्ले, आयुष अधिकारी, बाल र्‍यापर आश्रय रिमाल लगायतका कलाकारहरुले भक्तपुरको पुरै माहोल उल्लासमय बनाएका थिए ।

    लगभग १० दिन चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै भईरहेको खुल्ला नृत्य प्रतियोगिता डान्स आईडलमा नकआउट राउण्ड सुरु भईसकेको छ भने अब भने एक एक जन प्रतियोगीलाई आउट गर्दै फाइनल चरणसम्ममा टप ५ घोषणा गर्ने पनि निर्णय प्रमुख निर्णायकको रुपमा रहेका गायक, सञ्चारकर्मी, कोरियोग्राफर तथा निर्देशक सुमन कुमार श्रेष्ठ तथा सञ्चारकर्मी तथा कोरियोग्राफर ईन्द्र बिशंखेले जानकारी गराए । जसको अन्तिम निर्णय भने महोत्सवको अन्तिम दिन हुने जानकारी आयोजकले गराए ।

    “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा छैंठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ चैत २४ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भईरहेको जानकारी महोत्सबका संयोजक दिपक थापाले गराए l

    लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा छैठौ पटक “छैठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९” आयोजना भईरहेको छ।

    प्रतिकृया दिनुहोस्