News Portal

  • छैठौं भक्तपुर मेलामा चैत्र २९ गते गायक रोज मोक्तान, एलिना चौहान लगायतको प्रस्तुति हुँदै

    जनगर्जन संवाददाता
    २७५ पटक

    काठमाण्डौ, चैत्र २९

    छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को छैठौ दिन अर्थात चैत्र २९ गते आज मंगलबार चर्चित गायक रोज मोक्तान, गायक रबि रिमाल, चर्चित गायिका एलिना चौहान, गायक सुमन कुमार श्रेष्ठ, गायक अशिम कटुवाल, गायक र्‍यापर शेखर वाग्ले, गायिका राशि रिजाल, जादुगर गणेश केसी, र्‍यापर आयुष अधिकारी र बाल र्‍यापर आश्रय रिमालका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ ।

    त्यस्तै हिजो  २८ गते सोमबार चर्चित गायक सुगम पोखरेल, , गायिका श्रुति सिंह, गायक रुद्रसेन बिश्वकर्मा, डान्सर रिया श्रेष्ठ, बिन्दु पारीयारले, अर्जुन मिश्र, गायिका सुजाता केसी, सागर, गायक सुमन कुमार श्रेष्ठ र ब्रम्हास्त्र ब्याण्ड लगायतका कलाकारहरुले विशेष प्रस्तुतिले भक्तपुरको पुरै माहोल उल्लासमय बनाएका थिए  १० दिन सम्म चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै , खुल्ला नृत्य प्रतियोगिता डान्स आईडलमा हिजोवाट बाट नकआउट राउण्ड सुरु भएको छ भने प्रमुख निर्णायकको रुपमा गायक, सञ्चारकर्मी, कोरियोग्राफर तथा निर्देशक सुमन कुमार श्रेष्ठ तथा सञ्चारकर्मी तथा कोरियोग्राफर ईन्द्र बिशंखे रहेका छन । जसको अन्तिम निर्णय भने महोत्सवको अन्तिम दिन हुने जानकारी कोरियोग्राफर ईन्द्र बिशंखे जानकारी दिनु भएको छ  ।

    हरेक वर्ष हुँदै आयको मेला कोविडका कारण रोकिएको थियो यो वर्ष  “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ भक्तपुरमा छैंठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ चैत २४ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भईरहेको जानकारी महोत्सबका संयोजक दिपक थापाले गराए ।

    लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल संस्थाको संयुक्त आयोजनामा भक्तपुरमा छैठौ पटक “छैठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९” आयोजना भईरहेको छ।

    अन्तराष्ट्रिय स्टल सहित उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र राष्ट्र ब्यापी भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिकाद्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ । मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ६० र ४० मात्र रहेको जानकारी औधोगिक शान्ति नेपाल संस्था अध्यक्ष सन्दिप महतले जानकारी दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस्