News Portal

  • भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन

    जनगर्जन संवाददाता
    ३८० पटक

    औद्योगिक, पर्यटन व्यापार औघोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्याईज ब्याण्ड को आयोजनामा छैटौं भक्तपुर औघोगिक , संस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव चैत्र २४ आज वाट शुरु भयको छ ।

    छैटौं मेलाको उद्घाटन बिहीवार नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ले गरेका हुन उक्त मेला २४ देखि २०७९/ १/४ गते सम्म चल्ने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनु भयको छ उक्त मेलामा विभिन्न आकर्षणहरु रहने पनि जानकारी दिनु भयको छ ।

    मेलामा अटो मोबाईल प्रदर्शनी , कृिष तथा हस्तकलाको प्रदर्शनी , छ दर्जनभन्दा बढि राष्ट्रिय कलाकारहरुद्धारा हास्यब्याङ्गय तथा गायनको बेजोड प्रस्तुती ,अन्तर्राष्ट्रिय स्टल तथा खाना महत्सव , विभिन्न ब्राण्डका मोबाईल तथा ईलेक्ट्रोनिक समानहरुको प्रदर्शनी , एसियाको उत्कृष्ट बाल उद्यान ९ रोटेपिङ , रेन्जर , इयागन , मारुती सर्कस , ब्रेक डान्स भुतघर र वच्चाहरुको खेलौना , लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी , साँस्कृतिक प्रदर्शनी , व्यापार तथा पर्यटकीय प्रदर्शनी साथमा चर्चित लोक गायक र गायिकाद्धारा दोहोरी गीत प्रस्तुती निशुल्क स्वास्थ्य शिविर नृत्य प्रतियोगिता लयातका कार्यक्रम रहने सन्दिव महतले जानकारी दिनु भयको छ मेला अवलोकन गर्न आउने आगन्तुकलाई प्रवेश शुल्क रु ४0 र ५० मात्र रहेको पनि जानकारी दिनु भयको छ ।

    मेलाको उद्घाटन गर्दै मन्त्री आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी दिएका छन् ।
    भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् । उनले भने पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक छ । यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । जवाफमा उनले भने निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ । उनले गठबन्धनले कहाँ कहाँ कसले उम्मेदवारी दिने भन्ने छलफल चलिरहेको पनि बताए ।

     

    प्रतिकृया दिनुहोस्