जनगर्जन संवाददाता



नेकपा विप्लव नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियु ( क्रान्तिकारी ) र प्रहरीबीच प्रदर्शनीमार्गमा झडप भएको छ । अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नाराबाजीसँगै टायर बालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
रत्नराज्य क्याम्पस अगाडि अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा विद्यार्थीले टायर बालेर नाराबाजी गरेका हुन् ।
उनीहरुले अखिल क्रान्तिकारी जिन्दावाद, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर, आयल निगमका दलालहरु मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, राष्ट्रघाती दलालहरु मुर्दावाद, मूल्यवृद्धि फिर्ता गर, दलाल सरकार मुर्दावादलगायत नारा लगाएका छन् ।
हेर्नुहोस् फोटोमा
