News Portal

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालको होटल मेरियटमाभेटवार्ता शुरु

    जनगर्जन संवाददाता
    ५४० पटक

    २३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।

    कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो । दुई नेताबीच काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता भएको छ ।

    एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ  नेताबीच भेटवार्ताको पहल भइरहेको थियो । तर नेता नेपालले भेटवार्ता अस्वीकार गरेका थिए ।

    गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भए पनि सकारात्मक हुन सकेको थिएन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । नेता नेपालले भने हस्ताक्षर फिर्ता नहुने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्