News Portal

  • राष्ट्रपतिबाट संवैधानिक आयोग पदाधिकारी नियुक्त

    जनगर्जन संवाददाता
    ८६ पटक

    असार १०, काठमाडौँ । रिक्त रहेका विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारीहरु नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा पदाधिकारीहरु नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    लोकसेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरिएको छ । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४२ को उपधारा (२) बमोजिम रेग्मीसहित लोकसेवा आयोगमा ५ जना पदाधिकारीहरु नियुक्त भएका हुन् । आयोगको सदस्यहरुमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका छन् ।

    संविधानको धारा २३८को उपधार २ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ (ब्यान्जू)लाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ

    निर्वाचन आयोगको निर्वाचन आयुक्तमा सगुन शमशरे जबरा नियुक्त भएका छन् । राष्ट्रिय समावेशी आयोगममा डा. रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् ।

    त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, राष्ट्रिय महिला आयोगमा जया घिमिरे, राष्ट्रिय महिला आयोगमा सावित्राकुमारी शर्मा, राष्ट्रिय दलित आयोगमा सुन्दर पुर्कुटी सदस्यको रुपमा नियुक्त भएका छन् ।

    त्यसैगरी आदिवासी जनजाति आयोगमा सूर्यबहादुर गुरुङ सदस्यको रुपमा नियिुक्त भएका छन् भने मधेसी आयोगमा आभाकुमारी, थारु आयोग सदस्यमा उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी नियुक्त भएका छन्।  मुस्लिम आयोगको सदस्यमा भने मोहम्मद समशुल हक नियुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्