


पुस, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेका हुन् । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।आजको छलफलमा काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखकथिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए
नेता मिनेन्द्र रिजालका अनुसार तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिए । यस्तै काँग्रेस नेता रमेश लेखकले पनि शुक्रबार काँग्रेस संसदीय दल कार्यसमिति बैठकबाट भएका निर्णयकको वरिपरी छलफल भएको बताए । उनका अनुसार संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग छलफलको जोड थियो । सरकारका असंवैधानिक र अलोकतान्त्रिक गतिविधि, भ्रष्टाचार, कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारीका विषयमा पनि छलफल भएको उनले बताए
