News Portal

  • मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० जना भन्दा बढी बेपत्ता

    जनगर्जन संवाददाता
    ७३१ पटक

    मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना भन्दा बढी बेपत्ता भएका छन । मेलम्ची खानेपानी ड्याम भत्काएको छ भने, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको खवर स्वास्थ्य तथा जनसंख्या मन्त्रि शेर वहादुर तामाङले फेसबुक स्टाटस हाल्दै जानकारी दिनु एको छ ।

    यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन पनि तामाङले हार्दिक अपिल गर्नु भएको छ । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं भनेर जनतालाइ ढुक्क हुन पनि अपिल गर्नु भएको छ ।

    स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन समाजिक संन्जालमा अपिल गनुभएको छ। अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन सहयोग माग्नु भएको छ ।यसै गरी भक्तपुरमा पनि हनुमुन्ते खोलाले वितण्डा गरेको छ ।सुर्यविनायक क्षेत्र राधे राधे ईजि वे टायल सेन्टर पुरै डुभानमा परेको छ । देशैभरी परेको अविरल वर्षाका कारण जन जिवन प्रभावित भएको छ । सरकारले सवै नागरीकलाई सचेभएर वस्न आग्रह गरेको छ । यो विपतमा सरकार जनता सगै रहेकाले कुनै अभाव हुन नदिने भन्दै ढुक्क हुन अपिल गरुेको छ ।

    प्रतिकृया दिनुहोस्