News Portal

  • प्रदेशमा रहेका केपी ओलीका सरकार ढल्दै जान्छन् : उपेन्द्र यादव

    जनगर्जन संवाददाता
    ४९७ पटक

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा रहेका एमालेका सरकार ढल्दै जाने बताएका छन् । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले ओलीले नेतृत्व गरेका सरकारहरु ढल्दै जाने  उल्लेख गरेका हुन् ।

    सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ ।  यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित भएकाहरुलाई नागरिकता दिनुपर्ने उल्लेख गरे । जसपा फुटको बारेमा गरिएको प्रश्नमा उनले पार्टी फुटेको नभई केहीले बाटो बिराएर गएको प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस्