News Portal

  • आज संवैधानिक इजलास बस्दै ,दुई न्यायाधीशले राय दिने

    जनगर्जन संवाददाता
    ९५ पटक

    काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो । इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।

    जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो ।

    महान्यायाधिवक्ता रमेश बडालसहितका सरकार पक्षका कानुन व्यवसायीले उनीहरु हट्नुपर्ने तर्क गरेका थिए । रिट निवेदक पक्षका कानुन व्यवसायीले भने बरिष्ठताका आधारमा इजलास गठन भएको हुनाले कार्की र भट्टराईले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए ।

    त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि रिटमाथिको सुनुवाई अगाडि बढ्ने छ ।

    प्रतिकृया दिनुहोस्