News Portal

  • प्रतिनिधिसभा विघटन मुद्दाः आज संवैधानिक इजलासमा दुई न्यायाधीशले राय दिने

    जनगर्जन संवाददाता
    ३४३ पटक

    २४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि आज संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् ।

    जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबार दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो । रिट निवेदक पक्षका कानुन व्यवसायीले वरिष्ठताको आधारमा इजलास गठन भएको हुनाले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए ।

    त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि विघटन मुद्दाको सुनुवाई अगाडी बढ्ने छ । जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाडेका हुन् । रिट, निवेदक तर्फका कानुन व्यवसायीले नेकपा विभाजन गर्ने मुद्दा फैसलामा गरेको हुनाले विघटनको मुद्दामा केसी र श्रेष्ठको सार्थक सरोकार रहेको दाबी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्