News Portal

  • कुर्सीका लागि ओलीले विदेशी प्रतिकृयावादीसँग साँठगाँठ गरे: माधव नेपाल

    जनगर्जन संवाददाता
    ३६९ पटक

    एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कुर्सीका लागि केपी ओलीले देशी विदेशी प्रतिकृयावादीसँग मिल्ने गरेको टिप्पणी गरेका छन् ।

    आफ्नो समुह निकट जिल्ला पदाधीकारीहरुसँग भर्चुअल छलफलमा नेपालले ओलीको भारतसँगको साँठगाँठ प्रष्ट भएको बताए ।
    उनले अहिले भारतको नाङदो दलालहरु सरकारमा बसेर हालीमुहाली गरीरहेको टिप्पणी नेता नेपालले गरे ।

    ओलीले कार्बाही गरेपछि नेपाल अझ आक्रामक रुपले ओली बिरुद्ध लागिरहेका छन् । उनले समानान्तर संगठन निर्माण गर्दै नयाँ पार्टी निर्माणको तयारी पनि चलाईरहेका छन् ।

    प्रतिकृया दिनुहोस्