News Portal

  • नेकपा रसुवाले सरकारलाई कोरोना नियन्त्रणका लागि जनसुरक्षाका रणनीति बनाउन राख्यो १० बुँदे माग

    जनगर्जन संवाददाता
    ३९२ पटक

    काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी,रसुवाले जनताको स्वास्थ्य सुरक्षामा सरकारले खेलवाड गरेको भन्दै तत्काल अक्सिजनको आसपुर्ति एवं गुणस्तरीय उपचार व्यवस्था मिलाउन माग गरेको छ । जिल्ला ईन्चार्ज धुर्व र सेक्रेटरी विराजले दस बुदे माग सहित जनताले उपचार नपाएर भोगेको दुख पीडा प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

    विज्ञप्तिमा भनिएको छ कोभिड-१९ को दोस्रो भेरियन्टको लहरसँगै देशको अधिकांश भाग लपेटिएको छ। यसको फैलावट दैनिक बढीरहेको छ। एकातिर संक्रमण गाउँ टोल र सम्भवत घर घरमा फैलिएको छ भने अर्कोतिर अस्पतालमा भर्ना भएका विरामीहरुले अक्सिजनको अभावमा ज्यान गुमाउनु परिरहेको कहालीलाग्दो अवस्था छ। निजी अस्पतालहरुले अक्सिजन र बेडको अभाव देखाएर उपचार गर्न नसकिने घोषणा गरिसकेका छन्।

    यो अत्यन्त संकटपूर्ण घडीमा सरकार सत्ताको खेलमा लिप्त हुँदै कथित संसदीय चुनावको घोषणा गरि जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएको छ। उता यहीबेला कयौं निजी अस्पतालले विरामीहरुबाट चर्को रुपमा असुली गरिरहेका छन् ,लुटिरहेका छन्। हालसम्मको परिणाम अनुसार रसुवा जिल्लामा पनि कोभिड-१९ संक्रमित र मृत्युको दर बढीरहेको छ। संक्रमण पुष्टि भएका अधिकांश जनता घरमै आइसोलेसनमा छन्।

    त्यो भन्दा कयौंगुणा ठुलो संख्या पिसीआर जाँचबिना नै घर घरमा रहेका छन्। जिल्लामा एउटा व्यवस्थित अस्पताल नहुँदा कोभिडका विरामीहरुले समयमै गुणस्तरीय उपचार नपाएर मृत्युवरण गरिरहेको दु:खद दृश्य हाम्रै आँखा अगाडी देखन परिरहेको छ। यो अवस्थामा रसुवा जिल्ला र समग्र देशको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षणका लागि यो विज्ञप्तिमार्फत् ध्यानाकर्षण भएको बताएका छ।

    अतः यसलाई समेत ध्यानमा राखेर आगामी जनसुरक्षाका रणनीति तर्जुमा समेत बेलैमा गर्न नेपाल सरकार र सम्बन्धित सबैमा हार्दिक अनुरोध अनुरोध गरेको छ । हाम्रो पार्टीको रसुवा जिल्ला पार्टी यो संकटको वेला जनता सगै रहेको पनि जनाएको छ यो संकटमाथि विजय प्राप्त गर्न सबैसँग निरन्तर सहकार्य सहयोगको प्रतिवद्धता व्यक्त गरेको छ

    १) पहिलो प्राथमिकतामा रहेको अक्सिजन आपूर्ती प्रत्यक जिल्लामा सरकारी स्तरबाट अक्सिजन प्लान्टको निर्माण यथाशिघ्र आरम्भ गरियोस् । तत्कालका लागि देश भित्र र बाहिरका निकायहरुबाट आपूर्तीको पहल गरियोस् ।

    २) कोरोनासँगको यो महायुद्धमा आफ्नो जीवनको बाजी थापेर उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र अन्य स्वयंसेवकहरुको प्रोत्साहन भत्ता अबिलम्ब उपलब्ध गरियोस् । साथै कर्तव्य पालनाको सिलसिलामा कसैको ज्यान गएमा निजका परिवारको सम्पूर्ण जिम्मा राज्यले लिने नीति तत्काल घोषणा गरियोस् ।

    ३) कोरोना संक्रमित जनताको सम्पूर्ण उपचारमा लागने खर्च राज्यले उपलब्ध गराओस् ।

    ४) सम्पूर्ण निजी अस्पतालको राज्यले अबिलम्ब जिम्मा लिई जनताको उपचार व्यवस्था प्रभावकारी र सुलभ गरियोस् ।

    ५) कोरनाका विरामीको लागि एम्बुलेन्स (हवाई तथा गाडी) भाडा एवं शव व्यवस्थापन देशभरी निःशुल्क गरियोस् ।

    ६) पिसिआर जाँच निःशुल्क गर्नुका साथै पिसिआर जाँच गर्ने घुम्ती टोलीको व्यवथा गरियोस् ।

    ७) आइसोलेसन सेण्टरहरु आवश्यकता हेरेर वडास्तरसम्म विस्तार गरियोस् ।

    ८) कोरना बाहेकका विरामीहरुको उपचारका लागि निश्चित अस्पताललाई तोकेर स्वास्थ्यसेवा निःशुल्क नियमित गरियोस् ।
    ९) समग्र आपूर्ती व्यवस्थालाई सुदृढ गर्नुका साथै खाद्य लगायत अतिआवश्यकिय सामग्री हरुको भण्डारण तथा बिक्रि वितरणलाई सहज गरियोस् । साथै कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गरियोस् ।

    १०) पहिलो चरणको खोप लिसकेका व्यक्तिहरुलाई दोस्रो चरणको खोप उपलब्ध गराउनुको साथै प्रत्यक नागरिकलाई खोपको अबिलम्ब व्यवस्था गरियोस् ।

    प्रतिकृया दिनुहोस्