News Portal

  • नेकपाको स्थायी समिति बैठक पुस ५ गते केन्द्रीय समिति बैठक १० गते बस्नेगरी आजको बैठक सकिएको छ ।

    जनगर्जन संवाददाता
    ४५४ पटक

    १ पुस, काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक ५ पुसमा फेरी वस्नेगरी आजलाई सकिएको छ । पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयको छ।
    बुधबारको स्थायी समिति बैठकअघि ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सहमति भएअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने प्रस्ताव स्थायी समितिले सर्वसमितिले अनुमोदन गरेको छ ।
    नेकपाका सांसदहरुले संसद बैठक बोलाउन आग्रह गर्दै राष्ट्रपति कहाँ बुझाएको आवेदन फिर्ता लिने पनि सर्वसम्मतिले निर्णय गरेकोको छ । र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयको छ। बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।स्थायी समिति बैठक पुस ५ गतेलाई तय भएको छ भने पुस ५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक १० गतेसम्म स्थगित भएको पनि श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्