News Portal

  • संसदवादी पार्टीहरु सत्ताका लागि लडिरहेका बेला विप्लव नेकपा कोरोना महामारी नियन्त्रण,विपन्न परिवारहरुलाई राहत वितरणमा (कामको विवरणसहित)

    जनगर्जन संवाददाता
    ५७५ पटक

    जेठ, काठमाडौं । संसदवादी राजनितिक पार्टीहरु सत्ता लुछाचुडीमा लागीरहेको वेला विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी भने कोरोना महामारी नियन्त्रणमा लागिरहेको छ । निषेधाज्ञाको समयमा बिहान बेलुका खान नपाएका नागरिकहरुका लागि राहत वितरण गर्दै आइरहेको छ । आज मात्रै नेकपा कञ्चनपुरले नेकपाको भिमदत्त नगर कमिटीले बिपन्न परिवारहरुलाई राहत स्वरुप चामल, दाल र सावुन र मास्क बितरण गरेके छ ।

    त्यस्तै नवलपुर जिल्लामा पनि नेकपा निकट विद्यार्थी तथा स्थानीय नेतारकार्यकर्ताहरुले गाउँ–गाउँमा पुगेर स्वास्थ्य सचेतना सहित मास्क वितरण गर्दै आइरहेको छ । सामना सांस्कृतिक परिवार मकवानपुरमा कृर्षकहरुसंग मिलेर काम गर्दै आइरहेका छ ।अखिल ९क्रान्तिकारी० लुम्बिनी ब्यूरोको आयोजनामा ५० ओटा अक्सिजन सिलिन्डर लुम्बिनी प्रादेशिक अस्पताललाई वितरण गरेको छ । त्यस्तै नागरिकहरुमा अखिल ९क्रान्तिकारी० रुपन्देहीले मास्क र सेनिटाइजर वितरण गरेको छ ।

    अर्घाखाँची जिल्लामा अखिल ९क्रान्तिकारी० को विद्यार्थी संगठनले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरुका बारेमा ब्यानर सहित विभिन्न ठाउँहरुमा जनचेतनामुलक सन्देश सहित मास्क, सेनिटाइजर बितरण गरेको छ । कपिलजस्तुको शिवराज नगरपालिकामा जन स्वास्थ्य सेवा केन्द्र भवन सिलान्यास कार्यक्रममा नेकपाका महासचिव बिप्लव आफैं निर्माण सामाग्री सहित फिलडमा खटिँदै आउनु भएको छ ।
    अखिल ९क्रान्तिकारी० झापा जिल्लाले जिल्लाको सुरुङ्गा, दुर्गापुर, चारपाने, बिर्तामोड, बुटाबारी, चारआली, धाइजन, धुलाबारी, इट्टाभट्टा, काकरभिट्टा लगायतका क्षेत्रमा माक्स तथा सेनिटाइजर वितरण गरेको हो । कोभिड–१९ का बाबजुद पनि जनताको सेवामा रहेका ट्राफिक प्रहरी, नेपाल प्रहरीहरूलाई समेत स्वास्थ सामग्री वितरण गरिएको संगठनका जिल्ला संयोजक खगेन्द्र सिटौलाले जानकारी दिए।

    नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गर्नुका साथै मास्क र सानीटाइजर वितरण गरेको छ । यो अभियान निरन्तर चलिरहने बताएको छ । नेकपा इलामले लकडाउनको समयमा कोभिड–१९ बाट सुरक्षित हुँदै, श्रमिकहरूसँगै मिलेर विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० इलामले सडक निर्माण कार्यमा ।

    नेकपा रुकुम पश्चिमका नेता नरेन्द्र विकको नेतृत्वमा जिल्ला अस्पताल सल्लेमा आईसोलेसन बेड विस्तारका लागि भौतिक निर्माणका कामहरु गरेका छन् । नेकपाका नेता विकको नेतृत्वमा पाँच जनाको शव व्यवस्थापन टिम समेत निर्माण गरेको छ ।
    चितवनमा नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संघले हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । हेल्थ डेस्कको उदघाटन केन्द्रीय सदस्य सन्देश पौडेल ९अरुण० ले गरेका छन् । नेकपा महासचिव विप्लव कपिलबस्तु जिल्ला सिबराज नगरपालिका वडा नं। ९ को सिवगढीमा रहेको कोभिड–१९ को रिकभरी सेन्टरको निरीक्षण र बिरामिलाई थप हौसला दिँदै फील्डमा आउनु भएको छ।

    नेकपा चितवन जिल्ला पार्टीले माडीमा अवस्थित बघौंडा अस्पताललाई आज अक्सिजनसहित स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ । नेत्र बिक्रम चन्द ९बिप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ताद्वय तारा पौडेल र एन्ड« पौडेलको संयुक्त टिमको तर्फबाट बघौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

    आज उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिन्डर ५ थान, पीपीइ ५० थान, गम बुट २५ जोर, अक्सिमिटर २ थान, मेडिकल गलक्स २०० जोर, थर्मामिटर गन २ थान, एन ९५ मास्क ५० थान, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।

    सामाग्री ग्रहण गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डाक्टर रन्जु सिंहले उपलब्ध सामग्रीहरुले कोभिड रोकथाम तथा नियन्त्रणमा थप टेवा पुग्ने जनाउँदै सहयोगीहरुलाई धन्यवाद दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा केन्द्रिय सदस्य एवं चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेलले कोभिड बिरुद्धको लडाई साझा बिषय भएको भन्दै यसको नियन्त्रण र रोगथाममा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । यस्तै नेकपा रसुवाले पनि रसुवाट काठमार्डौमा आएर वस्ने मजदुरहरुलाइ रसुवा जिल्ला पार्टी सेक्रेटरी हरीले राहत वितरण गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्