


जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।
शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि शनिबार विहान भट्टराईले ट्वीटरमा यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन् ।
भट्टराईले ट्वीटरमा लेख्र्दै भनेका छन भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं!
भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको उनको भनाइ छ ।
