News Portal

  • देउवाभन्दा अगाडि १४० बहुमत प्रतिनिधि सभा सदस्यको हस्ताक्षर बोकेर ओली शितलनिवास

    जनगर्जन संवाददाता
    ४६६ पटक

    काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गर्दै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४० प्रतिनिधि सभा सदस्यको साथ रहेको भन्दै पत्र बुझाएका छन् ।

    ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका १९ सांसदको साथ रहेको दाबी प्रस्तुत गरेका छन् । देउवाले बहुमतको दाबीसहित हस्ताक्षर लिएर शितलनिवास पुग्नु अगावै ओली पुगिसकेको बुझिएको छ ।

    ओली र देउवा दुवैले बहुमतको दाबी गरेपछि सत्ता संघर्ष रोचक बनेको छ । यसअघि जसपाका १७ र माधव नेपालका २२ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए

    प्रतिकृया दिनुहोस्