News Portal

  • नेकपा रसुवाद्वारा राहात वितरण

    जनगर्जन संवाददाता
    ४५१ पटक

    नेपाल कम्युनिष्ट पार्टी रसुवाले समस्यामा परेका मजदुर, विद्यार्थीलाई अत्याआश्यक खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

    पार्टीका जिल्ला सेक्रेटरी हरि नेपाली र युवा संगठनका जिल्ला संयोजक जीवन तामाङको विशेष पहलमा युवा ब्यावसाहिक विनोद बानियाँको सहयोगमा सो राहात सामाग्री वितरण गरिएको हो । सो राहत वितरणका क्रममा सेक्रेटरी कमरेड हरिले एकीकृत जनक्रान्तिको मुलमर्म जनसेवा नै भएकाले लामो समयको बन्दका कारण घर जान नसकी अलपत्र परेका रसुवा र नुवाकोट बासीलाई थोरै भएपनि सहयोग गर्न पाउदा खुसी लागेको बताउनु भयो ।

    यो दलाल संसदीय व्यवस्थामा जनताले दुख सास्ती मात्र पाउने हुदा वैज्ञानिक समाजवादले मात्र सबै समस्याको हल गर्न सक्ने बताउदै कोरोनाका कारण देखिएको स्वास्थ्य समस्या उपचारको नालाएकी पनले सरकार निकम्मा साबित भएको बताउनु भयो । साथै कोरोना विरामीका कारण अक्सिजन अभाव भएका बिरामीलाई दुई वटा अक्सिजन सिलिन्डर पनि पार्टीले व्यवस्थापन गरेको युवाका जिल्ला अध्यक्ष जीवनले जानकारी

    प्रतिकृया दिनुहोस्