


वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षकी शान्ति कार्कीले कोरोना भाइरस संत्रमणलाई जितेकी छन । कोरोना सँक्रमण भई उपचारको लागि अस्थायी कोभिड अस्पतालमा भर्ना भएकी उपप्रमुख कार्की कोरोनालाई जितेर डिस्चार्ज भएकी छन ।
उपप्रमुख कार्की बिहीबार बिहान वीरगञ्ज महानगरपालिकाले गोपाल मण्डलीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाट डिस्चार्ज भएको महानगरका प्रमुख विजय सरावगीले जानकारी दिए । गत बैशाख २४ गतेदेखि महानगरले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपप्रमुख कार्की नै पहिलो सँक्रमितको रुपमा भर्ना भएकी थिईन । उनलाई बैशाख २१ गते कोरोना सँक्रमण पुष्टि भएको थियो । उपप्रमुख कार्की डिस्चार्ज भएपछि उनलाई फुलमाला दिएर स्वागत गर्दै महानगरका प्रमुख सरावगीले कोरोनाबाट डराएर हैन डटेर परास्त गर्न सकिने कुराको जिवन्त उदाहरण उपप्रमुख कार्की भएको बताए ।
उहाँले आफ्नो दृढ इच्छाशक्ति, उच्च मनोबल र अस्पतालका चिकित्सकहरुको मेहनतको कारणले कोरोनालाई परास्त गर्नु भएको छ’ उनले भने, ‘आज उहाँलाई सकुशल अस्पतालबाट बिदाइ गर्दा मेरो मन ज्यादै नै हर्षित महसुस गरेको छ ।’ कार्कीलाइृ डिस्चार्ज गर्ने बेलामा महानगरपालिकाका प्रमुख सरावगी र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला कोभिड अस्थायी अस्पतालमा पुगेका थिए ।
