News Portal

  • जेल पनि क्रान्तिको अर्को मोर्चा होँ : नेता प्रताप

    जनगर्जन संवाददाता
    ५२५ पटक

    नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोकाले जेल पनि क्रान्तिको अर्को मोर्चा भएको बताउनु भएको छ । क्रान्तिको अर्को मोर्चा भएकले बहादुरी पूर्वक जेल जीवन विताएको अनुभूति व्यक्त गर्नुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोकाले २ वर्षको जेल जीवनबाट मुक्त भएपछि अभिनन्दन सभालाई थवाङ्गमा सम्बोधन गर्दै भन्नुभयो “क्रान्तिकारीहरुको लागि क्रान्तिको अका मार्चा जेल जीवन पनि हो, हामीले क्रान्तिका लागि सबै कस्टहरु भोग्नु पर्दछ । हामीले त्यही भूमिका पूरा गरेका छौं । आगामी दिनमापनि सधै देश,जनता र क्रान्तिको पक्षमा लागी पर्नै प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    जेलमा वस्दा सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि पनि सामाजिक परिवर्तन र जनताको मुक्तीयुद्ध जारी नै रहेको प्रतिक्रिया दिनुभएको छ ।

    २०७६ साल जेठ २ गते नै जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको लुुंग्री १ पाङबाट तत्कालीन व्यूरो सदस्य जयप्रकाश रोका ‘प्रताव जिल्ला समिति सदस्य धनबहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्कालाई गिरीफ्तार गरि लिएको थियो । उहाँहरुलाई नेकपाको राजनीतिमै लागेको कारणले पक्राउ गरी विभिन्न मुद्धाहरु लगाइएको थियो ।

    नेताहरु रोल्पा जिल्ला कारागार कार्यालयबाट रिहाई भएपछि नेकपा रोल्पाका सेक्रटरी शोभाराम राना, नेता टिकाराम नेपाली,लालबहादुर सुनार लगायतले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्