News Portal

  • भक्तपुर नगरपालिकाले जेठ ६ देखि भेरोसेलको दोस्रो डोज, १० वटा वडामा खोप केन्द्र तय

    जनगर्जन संवाददाता
    ६२५ पटक

    ३ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन दिने भएको छ ।

    वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रामा खोप लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ १७ गतेसम्म चरणबद्ध रुपमा खोप लगाइने भक्तपुर नगरपालिकाले जनाएको छ ।

    खोप लगाउनको लागि नगरपालिकाले नगरपालिकाको १० वटै वडामा खोपकेन्द्र तय गरेको छ । तोकिएको मितिमा खोपकेन्द्रमा गएर खोप लगाउन नभ्याएकाहरुलाई जेठ १८ र १९ गते भक्तपुर नगरपालिकाको कार्यालय पछाडि कमलविनायक बक्सिङ हलमा जेठ १७ र १८ गते खोप लगाउने तयारी रहेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले कोभिड १९ को लक्षण देखिएको र कोरोना पुष्टि भएको ३० दिन नपुगेकाहरु खोप लगाउन नआउन आग्रह गरेको छ । एउटा वडाका मान्छे अर्काेमा र आफ्नो तालिकाभन्दा अघिपछि खोप लगाउन नआउन पनि नगरपालिकाले आग्रह गरेको छ ।

    खोप केन्द्र र खोप लगाउने तालिकाको सूची तल उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्