News Portal

  • बहुमतको सरकार गठनको आज अन्तिम दिन दाबी, नगरे ओली पुनः प्रधानमन्त्री बन्ने

    जनगर्जन संवाददाता
    ३३७ पटक

    बैशाख ३० काठमाण्डौं । बैशाख २७ मा प्रधानमन्त्री ओलीले विस्वासको मत नपाए पछि स्वतः पदमुक्त भए पछि राष्ट्रपतिले दलहरुलाई तीन दिनको समय दिएर सरकार गठनको आव्हान गरेको समय सीमा आज राति ९ बजे पछि सकिदैछ ।
    यस बीचमा काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले छलफल जारी राखे पनि अहिले सम्म प्रधानमन्त्रीका लागि तयारी गरिसकेका छैनन् ।
    काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउन काँग्रेस र माओवादी सहमत भए पनि जसपाले अन्तिम निर्णय लिन ढिलाई गर्दा दाबी नपरेको हो । जसपा आन्तरीक छलफलमै रहेको छ । जसपा भित्रको एउटा हिस्सा मात्र आउने स्थितिमा एमाले भित्र माधव समुहका सांसदहरुको राजीनामा या फ्लोर क्रस जरुरी छ ।

    त्यो अभ्यास पनि चलिरहेकाले अहिले यसै भन्न सकिने संभावना छैन ।यदी राति ९ बजे भित्र दलहरुले बहुमतको सरकारका लागि दाबी गर्न नसकेका सबै भन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने संभावना छ । संविधानको धारा ७६ ३ अन्तर्गत बहुमत नजुटेमा सबै भन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने र उनले पनि विस्वासको मत ३० दिन भित्र लिनु पर्ने व्यवस्था अनुसार पुनः ओली प्रधानमन्त्री हुने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्