News Portal

  • आजदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक कार्यालय बन्द जेठ १३ सम्म निषेधाज्ञा,

    जनगर्जन संवाददाता
    २५३ पटक

    काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई सात निषेधाज्ञा लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    बुधबार राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले राति देखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो।

    सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक कार्यालय बन्द रहने प्रशासनले जनाइएको छ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।  अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अब अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ। मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।

     

    प्रतिकृया दिनुहोस्