News Portal

  • ओलीको विपक्षमा मतदान गर्ने उपेन्द्रको घोषणा

    जनगर्जन संवाददाता
    ३६६ पटक

    जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरेका छन् यादवले भने, ‘हामी विश्वासको मत दिन सक्दैनौँ, हाम्रा साथीहरु विश्वासको मतको  विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको कुरामा अवगत गराउन चाहन्छु ।’

    यस्तै यादवले प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए ।ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताए । उनले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्न गरे ।

    उनले ओलीले मधेसी दललाई फकाउने प्रयास गरिरहेको आफूले बुझेको भन्दै त्यो राजनीतिक स्वार्थ बाहेक केही हुन नसक्ने बताए । विगतमा ओलीले मधेशीलाई दुर्व्यवहार गरेको भन्दै उनले विगतमा दुईचार वटा आँप झरेर केही पर्दैन भन्ने ओलीले अहिले त्यही आँप खुवाउन खोजेको भन्दै आक्रोश पोखे ।

    देश कोरोना महामारीले आक्रान्त बनेको बेला उनी राममन्दिर बनाउने अभियानमा लागेको भन्दै यादवले कटाक्ष गरे । यादवले जुन सदनलाई ओलीले असंवैधानिक तरिकाले ओलीले विघटन गरे, जुन संसदमाथि उनकै विश्वास छैन उनलाई कसरी विश्वासको मत दिने ? भन्दै प्रश्न पनि गरे

    प्रतिकृया दिनुहोस्