News Portal

  • माधव नेपाल समूहका सांसदको राजीनामा रोकियो , संसदमा अनुपस्थित हुने

    जनगर्जन संवाददाता
    ३०५ पटक

    २७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको छ । तर उनीहरुले पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत भने नदिने भएका छन् ।

    २ जेठ २०७५ को पार्टी संरचनामा फर्किने र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिवद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दिएको ‘डेडलाइन’ सकिएपछि सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिन प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सांसद भीम रावलले भने, ‘हामी पछाडि फर्किएका छैनौं । आज उहाँले विश्वासको मत माग्नु भएकाले उहाँलाई विश्वासको मत नदिँदा नै पर्याप्त हुने भन्ने निष्कर्षका साथ यो निर्णय गरेका छौं ।’

    नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन समेत अरुलाई आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्